Discussion about this post

User's avatar
बरी's avatar

प्रिय तपाईँ,

नमस्कार !

हेर्ने कथाको काम, परिवार, जुनतारा, आफैँसँग व्यस्त हुनुहुन्छ होला !

म सन् २००० को सुरुवातमा पूर्वी नेपालको यौटा दुर्गम गाउँमा आदिवासी परिवारमा जन्मे-हुर्किएकी मान्छे ! आधुनिक सञ्चारका साधनहरुसँग धेरै पछि मात्र संगत गर्न पाए पनि सञ्चारको पहिलो साधनको रुपमा मैले टेलिफोनको प्रयोग गरेकी हुँ ! किनकी म १०/१२ वर्ष हुने बेलासम्म चिठीपत्र, अटो भर्ने, पोस्टकार्डबाट शुभकामना साट्ने प्रचलन हराईसकेको थियो !

म जन्मिने बेला, मेरो स्कुल सुरु हुने बेला, मेरो भाई जन्मिने बेलातिर सम्म घरमा चिठीहरु आउने रहेछ ! म ८/९ वर्षको हुँदा मलाई घरमा कुखुरा हेर्न राख्नुहुन्थ्यो ! म भने घरबाट सबै निस्केपछि कोठामा पसेर दाई, दिदी, छ्यामा, काकाहरुले लेख्नुभएको पुराना चिठी पढेर बस्थेँ (जतिपटक दोहोर्याए पनि मलाई ती चिठी पढ्न रमाइलो लाग्थ्यो) ! र, त्यसोरी बस्दा २/३ पटक स्यालले कुखुरा लगिदिएको थियो !

म १० सालको हुँदा मेरो लागि नयाँ जिम्मेवारी आयो, स्कुल जानुअघि प्रत्येक बिहान भेडा चराउने र छुट्टीको दिन खाना खाने समयसम्म भेडा चराउने ! म झोलामा छाता, स्कुलका किताब, सोनीको पुन्टे रेडियो, भेडालाई भुटेको मकै बोकेर जान्थेँ !

एक साल हाम्रो गाउँको दाइकी श्रीमती (जो हाम्री फुपू पर्नुहुन्थ्यो) घरबाट भागेर हिँड्नुभएछ र वहाँलाई चारकोसे झाडीमा हात्तीले मार्यो ! त्यसपछि दाईले आफ्ना छोराहरु र बहिनी लिएर घर (हाम्रो बा-आमालाई रेखदेख गरिदिन भनेर) छाड्नुभयो ! वहाँहरुले घर छोडेको २/३ सालपछि मैले भेडा चराउने ड्युटी पाएको थिएँ ! वहाँहरुको घरमा हामीले सुकेका पराल राख्ने, तरकारी खेती लगाउने भएकोले घरमा गैरहन्थ्यौँ ! एकदिन पराल निकाल्न जाँदा खोपीमा आधा खोपी जसो चिठी देखेँ ! बसेर पढेन थालेँ ! कति पढेँ तर, ती सकिएनन् ! त्यसपछि भेडा चराउन दाइको घर भएतिर लैजाने अनि खोपीका चिठी पढ्ने उपक्रम चलिरह्यो ! तर, मैले तीमध्ये कतिपय चिठीहरुको हवाईजहाज बनाएर उडाईदिएँ ! अहिले लाग्छ, मैले त्यसो नगर्नुपर्थ्यो ! अहिले भए म ती संगालेर राखिदिन्थेँ होला ! चिठीहरु

त्यसपछिका दिनहरुमा पनि जति चिठी भेटेँ, मैले सबै नै पढेँ ! ती चिठीमा हालखबर, चिन्ता, माया-प्रेम, सल्लाह, सपना, विछोडको पीडा, परदेशको दुःख, आशाहरु थिए ! अक्षरहरुमा भरपूर संवेदना थिए ! नै मेरो लागि पहिलो साहित्य थिए ! २०६७/६८ तिर पहिलोपल्ट वसन्ती उपन्यास पढ्नुअघि मैले साहित्यका कुनै किताब पढेकै थिईनँ ! तर, चिठीहरुले मलाई अर्कै संसारमा पुर्याउन थालिसकेका थिए !

मैले हस्तलिखित पत्रहरु पाइनँ तर, चिठीप्रति मलाई आशक्ति रहिरह्यो, जुन हालसम्म कायमै छ !

एकदिन ट्वीटरमा (होला सायद) हेर्ने कथाको भर्चुअल चिठीको लागि इमेल संकलन गरेको पोस्ट देखेँ, खुसुक्क जिमेल ठेगाना छोडिदिएँ ! अहिले हेर्ने कथाका चिठीहरुले चिठीप्रतिको मेरो आशक्तिलाई धेरथोर सम्बोधन गरिदिएझैँ लाग्छ ! र मनपर्ने युट्युब प्रेजेन्टेसन हेर्ने कथासँग चिठीमार्फत् अझै गहिरो गरि जोडिए जस्तो लाग्छ !

जिमेल खोल्दा कै~~~ले-कैले हेर्ने कथाको चिठी टुप्लुक्क टुपुलकिन्छ ! सिक्रेट प्रेमीको चिठी जसरी म देख्नासाथ पढेर भ्याईदिन्छु अनि फेरी बेला-बेला पढिरहन्छु ! आज सा.सञ्जाल रोक लागेको पहिलो दिन, चिठी आयो कि? सोचेर जिमेल खोलेँ, चिठी आएको रहेनछ ! पुरानै दुईवटा चिठी पढेँ !

नयाँ चिठीको प्रतीक्षामा !

-बरी

Expand full comment
NAVIN SHRESTHA's avatar

Feri feri padna paiyos estai estai mitha Katha haru❤️❤️

Expand full comment
4 more comments...

No posts